PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कोलकताले चेन्नइलाई दियो १ सय ७३ रनको लक्ष्य



पहिलोपोस्ट

कोलकताले चेन्नइलाई दियो १ सय ७३ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा कोलकता नाइट राइडर्सले चेन्नइ सुपर किंग्सलाई १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन जोडेको हो।

कोलकताका लागि नितिश रानाले सर्वाधिक ८७ रन बनाए। त्यसबाहेक सुभमन गिलले २६ रन बनाउँदा दिनेश कार्तिक २१ रनमा अभिजित रहे। त्यस्तै कप्तान इयोन मोर्गन १५ रनमा आउट भए।

उता चेन्नइका लागि लुङ्गी नगिदीले २ विकेट लिँदा मिचेल सान्तनर, रवीन्द्र जडेजा र कर्ण शर्माले समान १/१ विकेट लिए।

चेन्नइ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell