PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

कोरोना संक्रमणका कारण बाँकेमा एक जनाको मृत्यु



रासस

कोरोना संक्रमणका कारण बाँकेमा एक जनाको मृत्यु

नेपालगञ्ज : बाँकेमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। दाङको राप्ती गाउँपालिका १ का ६५ वर्षीय पुरुषको बिहीवार दिउँसो कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

लामो समयदेखि मधुमेहका बिरामी उनमा कातिक १० गते कोरोना पुष्टि भई सोही दिन अस्पताल भर्ना भएका थिए। योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका १७ जनाको संक्रमणका कारण मृत्यु भएको छ।

बाँकेमा बिहीवार ३४ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell