PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

नेपाली फिल्म 'आइसक्रिम’ अन्तराष्ट्रिय महोत्सवमा



पहिलोपोस्ट

नेपाली फिल्म 'आइसक्रिम’ अन्तराष्ट्रिय महोत्सवमा

काठमाडौं : नेपाली सर्ट फिल्म 'आइसक्रिम' अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनौट भएको छ। संगीता श्रेष्ठ निर्देशित 'अफ्रिका फिल्म फर इम्प्याक्ट फेस्टिभल २०२०'मा देखाइने भएको हो।

फेस्टिभल नोभेम्बर ३ देखि ८ तारिखसम्म हुँदैछ। बाल यौन शोषणको विषय समेटेर बनाइएको फिल्म पहिलो दिन, नोभेम्वर ३ मा प्रदर्शन हुनेछ। कोरोना महामारीका कारण भर्चुअल्ली आयोजना हुन लागेको हो।

‘अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनौट हुँदा एकदम खुशी छु,' उनले भनिन्, 'मैले उठान गरेको विषय संसारभर पुग्दैछ। निकै उत्साहित पनि छु।'

सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा यो चलचित्रले बोल्छ। समाजको अँध्यारो पक्षलाई समेटेर आफूले फिल्म बनाएको बारे श्रेष्ठ भन्छिन्, ‘आइसक्रिम'ले हाम्रो समाजका छोरीहरू कसरी बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको छ। हाम्रा छोरीहरुलाई हामीले यस किसिमको अपराधबाट बचाउनुपर्छ भन्ने उद्देश्यले चलचित्र बनेको छ।’

श्रेष्ठका अनुसार यो चलचित्र अमेरिकाको 'बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल', युकेको 'फस्ट टाइम फिल्ममेकर सेसन्स', इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा छनौट भइसकेको छ।

९ मिनेट लामो फिल्ममा योगिशा खत्रीको मूख्य भूमिका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell