PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

मुकेश चौरसियाको हत्या घटनामा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध मुद्दा दर्ता



राधेश्याम पटेल

मुकेश चौरसियाको हत्या घटनामा पूर्वसभासद गुप्तासहित १२  जनाविरुद्ध मुद्दा दर्ता

वीरगंज : पर्साका नेकपा नेता मुकेश चौरसियाको हत्याको आरोपमा पर्सा प्रहरीमा १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। पर्सा क्षेत्र नं ३ का पूर्व सभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालय पर्सामा कर्तव्य ज्यान मुद्दा दर्ता भएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। जिल्ला सरकारी वकिलको कार्यालय पर्साको आदेशमा मुद्दा दर्ता भएको हो।

पर्सा प्रहरीले जोहेरी दर्ता गर्न नमानेपछि मृतक नेकपा नेता मुकेशका भाइ महेश चौरसियाले सरकारी वकिलको कार्यालयमा जाहेरी दर्तााको लागि दिएको निवेदनमा सुनुवाई गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्न आदेश गरेको थियो।

जिल्ला प्रहरी कार्यालयले कुनै मुद्दा दर्ता नगर्दा प्रमुख जिल्ला अधिकारी वा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा  दर्ता गर्न आदेश गर्न सक्छ। यसअघि पीडित पक्षले पर्सा प्रहरी प्रमुखसँग हारगुहार गर्दा र पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ समक्ष पनि ज्ञापनपत्र बुझाउँदा घटनाको सात दिनसम्म जोहरी दर्ता हुन सकेको थिएन। जोहरी दर्ता नहुदाँ परिवारजनले लासको पोस्टमार्टम र शदगत गर्न मानेका थिएनन्। पर्सा प्रहरीमा पूर्व सभासद राजकुमार गुप्तासँगै देवा सहनी, हनिफ मिया, अखिलेश चौरसिया, लक्षण चौरसिया, सन्जय चौहान, वकिल मिया, धीरज चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, जनार्दन चौहानलगायत १२ जनाविरुद्ध जाहेरी दर्ता भएको हो।

जाहेरी दर्ता भएसँगै वीरगंजमा नेकपाले गर्दै आएको आन्दोलन पनि फिर्ता भएको छ। शुक्रवार शवको पोस्टमार्ट गरी शव बुझेर दाहसंस्कार गर्ने नेकपा प्रदेश २ कमिटी सदस्य छोटेलाल यादवले जानकारी गराए। प्रहरीले जाहेरी दर्ता भएपछि अनुसन्धानलाई तिव्रता दिएको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell