PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

‘क्यानन एण्ड बल’का स्टार बबीको कोभिड-१९ संक्रमणपछि निधन



पहिलोपोस्ट

‘क्यानन एण्ड बल’का स्टार बबीको कोभिड-१९ संक्रमणपछि निधन

टिभी कार्यक्रमका कलाकार जोडी स्टार क्यानन एण्ड बलका बबी बलको निधन भएको छ। ७६ वर्षको उमेरमा कोभिड-१९ को संक्रमणपछि निधन भएको हो। विहीवार उनका व्यवस्थापकले खबर सार्वजनिक गरेका हुन्

बलको स्वास प्रस्वासमा समस्या देखिए पछि ब्ल्याकपुल भिक्टोरिया अस्पतालमा उपचाररत् थिए। जारी विज्ञप्तीमा लेखिएको छ : हामीलाई लागेको थियो, छातीमा समस्या देखियो। तर, उनलाई कोभिड-१९ को संक्रमण रहेछ।

बलले नट गोइङ आउट, लास्ट समर वाइन, बेनिड्रोम, हार्टबिट लगायत हाँस्य कार्यक्रममा पनि काम गरेका छन्। आफ्नो सहकर्मीको मृत्युबारे क्याननले भने,’रक मेरो अनन्य मित्र म यो खबरमा विश्वास नै गर्न सक्दिनँ। मेरो मन टुक्रिएको छ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell