PahiloPost

May 14, 2025 | १ जेठ २०८२

कैलालीमा एक युवाको हत्या, तीन जना पक्राउ



एम बम

कैलालीमा एक युवाको हत्या, तीन जना पक्राउ

कैलाली : कैलालीमा कुटपिट गरी एक युवकको हत्या गरिएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय भरत तिमल्सिनाको गएराति कुटपिट गरेर हत्या गरेको कैलाली प्रहरीले जनाएको छ।

गएराति साढे १० बजेको समयमा जानकी गाउँपालिका वडा नम्बर ५ मा युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

उनलाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुगाउने बितिकै चिकित्सकले मृत घोषणा गरेका थिए। तिमल्सिनाको कुटपिट गरी हत्या गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको  छ।

प्रहरीले अनुसन्धानका लागि स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको जानकारी दिए।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell