PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

पोखरामा कोभिड १९ संक्रमितको मृत्यु



पहिलोपोस्ट

पोखरामा कोभिड १९ संक्रमितको मृत्यु

काठमाडौंः पोखरामा कोभिड १९ सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ।

बाग्लुङ गल्कोट नगरपालिका ३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार साँझ ५ बजेर ५ मिनेटमा मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आइसियुमा राखेर उपचार भइहरेको थियो।

कार्तिक ७ गते उनलाई कोभिड १९ पोजेटिभ देखिएको पुष्टी भएको थियो। यससँगै गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमण भएका मानिसको मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell