PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

फ्रान्समा भएको चक्कु प्रहारबारे राष्ट्रपतिले भने ‘इस्लामी आतंकवाद’



पहिलोपोस्ट

फ्रान्समा भएको चक्कु प्रहारबारे राष्ट्रपतिले भने ‘इस्लामी आतंकवाद’
AFP

विहीवार फ्रान्सको नीस शहरको एक चर्चमा चक्कु हमला भयो। घटनामा दुई महिला र एक पुरुषगरी तीन जना मानिस मारिए। त्यहाँका राष्ट्रपति इमान्यूएल म्याक्रोले घटनालाई 'इस्लामी आतंकवादी हमला'को संज्ञा दिएका छन्

उनले फ्रान्स जातीय आतंकवादको अघि नझुक्ने बताएका छन्। उनले जनतालाई धैर्य र एकता कायम राख्न समेत अपिल गरेका छन्। दुई साता नबित्दै फ्रान्समा दोस्रो पटक आतंक मच्चिएको हो।

चर्चमा चक्कु प्रहार गर्ने व्यक्ति १४ सेन्टिमिटर लामो ब्लेड लिएर बिहार साढे ८ बजे पसेका थिए। ३० मिनेटको अन्तरालमा उनले २ मानिसको हत्या गरे। गम्भीर घाइते भएका एकको उपचारका क्रममा निधन भयो।

फ्रान्सका आतंकवाद-निरोधी अभियोजक ज्या फ्राकुआका अनुसार ६० वर्षीया वृद्धाको शीर लगभग छिनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell