PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

अमेरिकामा विहीवार एक सेकेन्डमा एकजनाभन्दा बढीलाई कोभिड-१९ संक्रमण



पहिलोपोस्ट

अमेरिकामा विहीवार एक सेकेन्डमा एकजनाभन्दा बढीलाई कोभिड-१९ संक्रमण
Getty Images

अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्नेहरू सक्रिय छन्। चुनावी प्रचार प्रसारबीच त्यहाँ कोरोना भाइरस संक्रमणको दर पनि बढ्दो छ। समूदाय स्तरमा बढ्दो संक्रमणका कारण मतदान कसरी सुरक्षित बनाउने भन्ने विषय पनि चुनौतिपूर्ण बनेको छ।

पछिल्लो २४ घण्टामा कोलोराडोमा मात्र २ हजार संक्रमित देखिए। ६ हजार ४ सय भन्दा बढी इलिनोइसमा र हजार जना संक्रमित न्यू मेक्सिको। यो संख्या सबै राज्यका लागि नयाँ रेकर्ड हो। विहीवार अमेरिकाभर कुल ९० हजार जनामा संक्रमण पुष्टि भयो। न्यूयोर्क टाइम्सका अनुसार उक्त दर प्रति सेकेन्ड एकजना वा सो भन्दा बढीमा संक्रमण देखिनु हो।

हालसम्म अमेरिकामा ९० लाख जनामा संक्रमण पुष्टि भएसकेको छ।

पछिल्लो सातासम्म दैनिक ७७ हजारभन्दा बढीमा कोभिड-१९ को संक्रमण देखिँदै आएको छ।

विसकोन्सिन सर्वाधिक प्रभावित छ। त्यहाँ एक सातामा २ सयभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ। त्यहाँका अस्‍पतालहरूमा ठाउँको अभाव छ। विहीवार मात्र साउथ डाकोटामा १९ जना संक्रमित मरे। वोमिङकमा १० जना संक्रमितको मृत्यु भयो।

नर्थ डाकोटामा कुल जनसंख्याको ५ प्रतिशतमा संक्रमण देखिएको छ।

एक सातामा २४ वटा राज्यमा महामारी सुरु भए यताकै धेरै मानिसमा संक्रमण देखिएको हो। ४२ वटा राज्यमा संक्रमण दर बढ्दो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell