काठमाडौं : नेपाल तरुण दलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई कोभिड-१९ को संक्रमणबाट जोगिने उपकरणहरु सहयोग गरेको छ। संक्रमितको उपचारमा खटिने स्वास्थ्यकमर्मीका लागि तरुण दलले मास्क, पीपीई, फेस सिल्ड लगायतका उपकरण उपकरणहरू उपलब्ध गराएको हो।
दलका तर्फबाट विज्ञप्ति जारी गर्दै ६८ औं स्थापना दिवसमा सहयोग गरिएको उल्लेख छ। ४ हजार थान मास्क, ३० थान पीपीई र ५२ थान फेस सिल्ड सहयोग गरिएको हो।
'कोभिड–१९ का संक्रमितको उपचारमा सहयोग पुर्याउन नेपाल तरुण दल केन्द्रिय समितिद्वारा सुरक्षा उपकरणहरू हस्तान्तरण गरिएको हो, ' विज्ञप्तिमा भनिएको छ।
