PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

सलाङघाटमा जिप दुर्घटना हुँदा पाँच जना घाइते, दुई जना गम्भीर



रासस

सलाङघाटमा जिप दुर्घटना हुँदा पाँच जना घाइते, दुई जना गम्भीर

धादिङ : बुटवलबाट काठमाडौं आउँदै गरेको स्करपियो जिप धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

बा १२ च ४४१० नम्बरको स्करपियो सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब निरीक्षक युवराज खड्काले जानकारी दिए।

दुई गम्भीरसहित सबै घाइतेको राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचार भइरहेको छ।

यसैबीच, चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका-७ का एक १४ वर्षीय बालकलाई प्रहरीले शुक्रवार गिरफ्तार गरेको छ। पिङ खेल्न गएकी बालिकालाई बलात्कार गरेको अन्य बालकले देखेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell