PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

पञ्जाबले राजस्थानलाई दियो १ सय ८६ रनको लक्ष्य, क्रिस गेल शतक बनाउन एक रनले चुके



पहिलोपोस्ट

पञ्जाबले राजस्थानलाई दियो १ सय ८६ रनको लक्ष्य, क्रिस गेल शतक बनाउन एक रनले चुके

इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आज जारी खेलमा किंग्स ११ पञ्जाबले राजस्थान रोयल्सलाई १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८५ रन बनाएको हो।

पञ्जाबका लागि उत्कृष्ट ब्याटिङ गरेका क्रिस गेलले सर्वाधिक ९९ रन बनाउँदा शतक बनाउनबाट १ रनले चुके।

त्यस्तै कप्तान केएल राहुलले ४६ रन बनाउँदा निकोलस पुरन २२ रनमा पभेलियन फर्किए।

उता राजस्थानका लागि जोफ्रा आर्चर र बेन स्टोकले समान २/२ विकेट लिए।

राजस्थान केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell