PahiloPost

Nov 15, 2025 | ३० कात्तिक २०८२

धापासीमा छुरा प्रहार गरी एक जनाको हत्या



रासस

धापासीमा छुरा प्रहार गरी एक जनाको हत्या

काठमाडौं : काठमाडौंको टोखा नगरपालिका-५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ। गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसले एक्कासी छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता कुबेर कडायतले महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले अभियुक्तको खोजी गर्नाका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell