PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विराटनगरको शहीद रंगशालामा जडान हुँदै फ्लड लाइट, रात्रिकालीन खेल हेर्ने स्थानीयको चाहना पूरा हुँदै



फूलमाया पुरी

विराटनगरको शहीद रंगशालामा जडान हुँदै फ्लड लाइट, रात्रिकालीन खेल हेर्ने स्थानीयको चाहना पूरा हुँदै

विराटनगर : शहीद रंगशाला विराटनगरमा फ्लड लाइट जडान हुने भएको छ। आगामी मंसिर भित्रमा फ्लड लाइट जडान सम्पन्न हुने प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सचिवालयले जनाएको छ।

फ्लड लाइट जडानका लागि आवश्यक सामाग्री आइसकेकाले मंसिर भित्रमा काम सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। रंगशालामा फ्लड लाइट जडानका लागि आवश्यक सामाग्रीहरु ल्याएपछि अनुगमन गर्दै मन्त्री घिमिरेले मंसिर मसान्त भित्रमा काम सकिने बताए।

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता भएको थियो। लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको मन्त्री घिमिरेको भनाइ छ।

कोरोनाको संक्रमण रोक्न सरकारले नेपाल र भारतको सीमा सील गरेको कारण देखाउँदै कम्पनीले सामग्री ल्याउन नसकेको कार्की बन्धु अमर जेभिका प्रोपाईटर गणेश कार्कीले बताए। मंसिर भित्रमा काम सम्पन्न गरिने भन्दै अहिले ३३ मिटरका मास्ट (पोल) र १०८ वटा लाईट ल्याई सकिएको पनि उनले बताए।

सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद शाखा प्रमुख कोमल खड्काका अनुसार लकडाउनले भारतबाट आवश्यक निर्माण सामग्री ल्याउन समस्या भएपछि पछिल्लो पटक पुस २८ गते सम्मको समय सीमा दिइएको छ। मन्त्रालयले फ्लड लाइट जडानका लागि ४ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell