PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

इन्सटाग्राम अपडेट : यस्तो हुँदैछ नयाँ फिचर



पहिलोपोस्ट

इन्सटाग्राम अपडेट : यस्तो हुँदैछ नयाँ फिचर

फोटो सेयरिङ एप इन्स्टाग्रामको लाइभ फिचरमा परिवर्तन हुन लागेको छ। एप अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने बनाइँदै छ। हाल एक घण्टा मात्रै लाइभ गर्न मिल्छ।

थप गरिएको सेवा इन्स्टाग्रामका विश्वका सबै प्रयोगकर्ताहरूले उपयोग गर्न पाउँछन्।

यस फिचरले सांगीतिक एवं अन्य प्रयोगात्मक भिडियो प्रसारण गर्न चाहनेहरूलाई फाइदा हुने बताइएको छ। विशेषगरी कलाकार, योग गर्नेहरूलगायतले फिचर प्रयोग गर्ने कम्पनीको विश्वास छ।

त्यस्तै इन्सटाग्रामले भिडियो अर्काइभको अवधि पनि बढाउने भएको छ। उक्त समयावधि ३० दिन बनाइएको हो। जारी विज्ञप्तीमा भनिएको छ, ‘आर्काइभमा राखिएका भिडियो तपाईंले मात्रै हेर्न सक्नुहुन्छ।‘ आर्काइभमा भएको भिडियोलाई डाउनलोड गरेर आफ्नो डिभाइसमा राख्न पनि मिल्ने व्यवस्था गरिएको छ।

नयाँ फिचर चाँडै लागू गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell