अमेरिकामा पछिल्लो २४ घण्टामा सर्वाधिक दैनिक संक्रमण दर देखिएको छ। शुक्रवार मात्रै ९४ हजार मानिसमा संक्रमण पुष्टि भएको हो।
विहीवार ९१ हजारमा संक्रमण देखिएको थियो। महामारी सुरु भएयताकै उच्च दैनिक संक्रमण दर थियो त्यो। जोन होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म ९ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।
नोभेम्बर ३ तारिखमा हुने राष्ट्रपति निर्वाचनको प्रचार प्रसार भइरहेको छ। विभिन्न सार्वजनिक कार्यक्रम एवं र्याली आयोजना भइरहेका छन्। यस्ता सभा समारोहका कारण संक्रमण अझै फैलन सक्ने बताइएको छ। जसबारे सतर्क गराउँदै विभिन्न अस्पतालहरूले संयुक्त वक्तव्य निकालेका छन्।
