PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

मृत्युको आठ दिनपछि मुकेशको दाहसंस्कार : पूर्वमन्त्री यादवले ‌ओढाए नेकपाको झण्डा, हत्यारालाई फाँसीको सजायको माग



राधेश्याम पटेल

मृत्युको आठ दिनपछि मुकेशको दाहसंस्कार : पूर्वमन्त्री यादवले ‌ओढाए नेकपाको झण्डा, हत्यारालाई फाँसीको सजायको माग

वीरगंज : पर्साका नेकपा नेता मुकेश चौरसियाको हत्यारालाई फाँसीको सजाय हुनु पर्ने माग गरिएको छ। मुकेशको अन्त्येष्टिमा सहभागी नेता कार्यकर्ताहरुले यस्तो नारा लगाउँदै फाँसीको सजायको माग गरेका हुन्।

जाहेरी दर्ता भएपछि शुक्रवार शवको पोस्टमार्टम गरी शव परिवारजनले बुझेका थिए। हिजै साँझ उनको विन्दावासिनी गापा ५ ढोगही खोलामा दाहसंस्कार भएको छ। उनको मृत्युको आठ दिनपछि दाहसंस्कार गरिएको हो। नेकपा नेता तथा पूर्व उद्योग मन्त्री मातृका यादवलगायत प्रदेश स्तरीय नेता कार्यकर्ताहरुले मुकेशको शवमा नेकपाको झण्डा ओढाएर श्रद्धासुमन अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए।

पार्टीको आन्तरिक विवादको कारण आरोपीहरुले नेकपाका शपथग्रहण कार्यक्रम विथोल्न घटना घटाएको र उक्त झडपममा परी मुकेशको मृत्यु भएको बताइएको छ। घटनामा पूर्व सभासद राजकुमार गुप्तासहित १२ जनालाई पक्राउ गरी दोषीलाई कारबाई गर्नु पर्ने मुकेशका भाइ महेश चौरसियाले माग गरेका छन्। झडपको घटनामा पर्सा प्रहरी आफै आरोपीहरु उन्मुक्ति दिएको पनि पीडित परिवारको आरोप छ। जाहेरी दर्ता नै नगरी आरोपीलाई बचाएको र नेशनल मेडिकल कलेजमा उपचाररत अर्का आरोपी उत्तम तिवारीसहित २ जनालाई भगाएको आरोप पनि पर्सा प्रहरी माथि लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell