PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

फ्रान्सविरुद्ध किन हुँदैछ मुस्लिम देशहरूमा प्रदर्शन?



पहिलोपोस्ट

फ्रान्सविरुद्ध किन हुँदैछ मुस्लिम देशहरूमा प्रदर्शन?
EPA

विश्वभरका हजारौं मुस्लिमहरू फ्रान्स विरोधी प्रदर्शनमा निस्किएका छन्। मुस्लिम धर्मावलम्बीहरूको बाहुल्यता रहेको देशमा फ्रान्सका सामान प्रतिबन्ध लगाउनेदेखि फ्रान्सेली प्रधानमन्त्रीको पुतला जलाउनेसम्मका कार्य भइरहेका छन्।

फ्रान्सको एक पत्रिकामा पैगम्बर मोहम्मदको कार्टुन छापिएपछि धर्ममाथिको प्रहार भन्दै विवाद सुरु भएको हो। फ्रान्स धर्मनिरपेक्ष देश हो। तर, उक्त कार्टुनकै कारण एक शिक्षकले ज्यान गुमाए। लगत्तै फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले इस्लाम धर्मबारे विवादस्पद् बयान दिए। र, उनीमाथि प्रश्न उठ्न थाल्यो।

बयानपछि नै फ्रान्सको चर्चमा चक्कु हमला भयो। घटनामा तीन जनाले ज्यान गुमाए। राष्ट्रपति म्याक्रोले उक्त हमलालाई ‘इस्लामी आतंकवाद’को संज्ञा दिए। उनले इस्लाम धर्म संकटमा रहेकाले यस्तो हर्कत गरेको बताए।

उनको विवदास्पद् वयानपछि पाकिस्तान, बंगलादेश, लेबानन लगायत देशमा दैनिक र्‍याली भइरहेका छन्। शुक्रवार पाकिस्तानस्थित फ्रेन्च एम्बेसी अगाडि अश्रु ग्यास प्रहारसहित आन्दोलन भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell