PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

भक्तपुरमा हाते ट्याक्टर दुर्घटना हुँदा ५० वर्षीय सुवालको मृत्यु



पहिलोपोस्ट

भक्तपुरमा हाते ट्याक्टर दुर्घटना हुँदा ५० वर्षीय सुवालको मृत्यु

काठमाडौँः भक्तपुरमा हाते ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान भक्तपुर सुर्यबिनायक नगरपालिका ८ दार्जिलिङ हाइटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना भएको थियो। दुर्घटना परि घाइते भएका ५० वर्षीय राम सुवालको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ट्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर ल्याउँदा अनियन्त्रित भई र चालक सहित पल्टँदै जाँदा ट्याक्टरको फाली (जोत्ने भाग) ले सुवालको घाटी लगायत शरीरको भागमा लागेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell