PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

ट्राफिक प्रहरीले तीनकुनेको खाली जग्गामा १५ सय गुर्जोको बिरुवा रोप्यो



पहिलोपोस्ट

ट्राफिक प्रहरीले तीनकुनेको खाली जग्गामा १५ सय गुर्जोको बिरुवा रोप्यो

काठमाडौँः  महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली ठाउँमा गुर्जोको बिरुवा रोपेको छ।

आज बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाल लगायतको प्रहरी टोलीले एक कार्यक्रम गर्दै गुर्जो रोपेको हो। १ हजार ५ सय वटा गुर्जोको बिरुवा रोपेको एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए। त्यस्तै आजै मात्रै उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५/५ वटा गुर्जोको बिरुवा रोपिएको छ।

‘फ्रन्ट लाइनमा रहेर काम गर्ने ट्राफिक प्रहरी सडकमा धेरैसँग संसर्ग हुनु पर्ने भएकोले कोरोना भाइरस सङ्क्रमणको जोखिम ज्यादा छ। त्यसैले रोग प्रतिरोध क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाइदा भएकोले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा यस्ता बिरुवा रोप्ने कामको थालनी गरिएको हो।' एसएसपी ढकालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell