PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

कोभिड-१९ संक्रमण रोक्न बेलायतमा फेरि लकडाउनको तयारी



पहिलोपोस्ट

कोभिड-१९ संक्रमण रोक्न बेलायतमा फेरि लकडाउनको तयारी
PA Media

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि एक महिना लामो लकडाउन गर्ने तयारीमा छन्। यस वर्षको क्रिस्टमसअघि खुकुलो पार्ने गरी लकडाउनको योजना बनाइएको हो।

बीबीसीका अनुसार सोमवार ‘स्टे एट होम अर्डर’ लागू हुँदैछ। उक्त अवधिभर स्कूल, कलेज र विश्वविद्यालय ठप्प रहन्छ। बेलायतमा कोभिड-१९ संक्रमणका कारण मृत्युदर बढ्दो छ। जुन महामारी पहिलो चरणमा फैलँदाभन्दा दोब्बर अर्थात् दैनिक ४ हजार हुने अनुमान छ।

गत मे तथा अप्रिलमा दैनिक संक्रमित मृत्युदर हजारभन्दा बढी थियो।

बेलायतसँगै बेल्जियम, फ्रान्स, जर्मनीमा पनि संक्रमण पुष्टि हुनेहरूको संख्या बढ्दो छ।

लकडाउनबारे आइतवार बेलायतको क्याबिनेट बैठकमा निर्णय हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell