PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

रोमाञ्चक बन्दै आईपीएलको समीकरण, आज दुई खेल हुँदै



पहिलोपोस्ट

रोमाञ्चक बन्दै आईपीएलको समीकरण, आज दुई खेल हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजन रोमाञ्चक बन्दै गएको छ। यसपटक प्रतियोगिताको शीर्ष चारमा कुनकुन टिम पर्ने हुन् भनेर ५० खेल सकिइसक्दा पनि निर्क्योल हुन सकेको छैन। यसपटक मुम्बइ इण्डियन्स मात्र यस्तो टिम हो जसले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। त्यस्तै अन्तिम तीनका लागि दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर बलियो देखिएका छन्। त्यस्तै चौथो स्थानका लागि तीन टिमको नजर छ। अझ हैदराबाद पनि यो रेसमा सहभागी छ।

अंकतालिकामा सर्वाधिक १६ अंक जोडेको मुम्बइ शीर्ष स्थानमा छ भने समान १४ अंक जोडेका रोयल च्यालेन्जर्स बेङ्ग्लोर र दिल्ली क्यापिटल्स क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। शीर्षतीनमा रहेका यी टिमहरुले १२ खेल खेलेका छन्।

उता चौथो स्थानका लागि १३ खेल खेलेका किंग्स ११ पञ्जाब, राजस्थान रोयल्स र कोलकता नाइट राइडर्स प्रतिस्पर्धाममा छन्। १२ खेलबाट १० अंक जोडेको हैदराबाद पनि अझै प्रतिस्पर्धामा कायम छ।

एउटा म्याचले कसरी रोक्न सक्छ तीन टिमको प्लेअफ यात्रा?

पञ्जाबले अर्को खेलमा चेन्नइ सुपर किंग्ससँग खेल्दैछ। चेन्नइ प्लेअफको होडबाट बाहिरिइ सकेको छ। यदी पञ्जाब चेन्नइसँग पराजित भएमा पञ्जाबको तालिकामा १२ अंकमात्र रहन्छ र प्लेअफको यात्रा टुंगिन्छ। अर्कोतर्फ कोलकताले राजस्थानसँग अर्को खेलमा प्रतिस्पर्धा गर्नेछ। यो म्याच पनि दुबै टिमलाई गर या मरको अवस्थामा हुनेछ। जित्ने टिमले १४ अंक बनाउने छ।

त्यस्तै हैदराबादको पनि मौका अझै सकिएको छैन। हैदराबादले अझै दुई खेल खेल्न बाँकी छ। जसमा शीर्षस्थानमा रहेका मुम्बइ इण्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरसँग हैदराबादको प्रतिस्पर्धा हुनेछ।

आईपीएलमा आज:

आईपीएलमा आज दुई वटा खेल हुँदैछन्। आज हुने पहिलो खेलमा मुम्बइ इण्डियन्सलाई दिल्ली क्यापिटल्सले चुनौती दिनेछ। दुबइ इन्टरनेसनल स्टेडियममा हुने खेलमा दिल्ली जित निकाल्दै प्ले अफमा सुरक्षित बन्न चाहन्छ भने मुम्बइको लक्ष्य शीर्षस्थानमा कायम रहने हुनेछ।

आजैहुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र सनराइजर्स हैदराबाद भिड्ने छन्। शारजाह क्रिकेट स्टेडियममा हुने खेलमा बेङ्ग्लोर प्लेअफमा सुरक्षित बन्ने लक्ष्य रहने छ भने हैदराबादलाई प्लेअपको होडमा कायम रहन जित अनिवार्य हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell