PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

शतक बनाउन चुक्दा ब्याट फ्याँकेका गेललाई जरिवाना



पहिलोपोस्ट

शतक बनाउन चुक्दा ब्याट फ्याँकेका गेललाई जरिवाना

किंग्स ११ पञ्जाबका ब्याट्सम्यान क्रिस गेल जरिवानामा परेका छन्। गएराति भएको राजस्थान रोयल्सविरुद्धको खेलमा शतक बनाउन १ रनले चुकेका गेलले आउट भएपछि रिसाएर ब्याट फ्याकेकाले जरिवानामा परेका हुन्।

उनले आचार संहिता विपरित ब्यवाहार गरेको भन्दै आईपीएलले म्याच फिसको १० प्रतिशत जरिवान गराएको हो।

देब्रेहाते ब्याट्सम्यान गेलले गएरातिको खेलमा सातौं छक्का प्रहार गर्दै टी २० मा १००० औं छक्का पुरा गरेका थिए। यद्यपि उनी शतक बनाउन भने चुके। जोफ्रा आर्चरको बलमा आउट भएसँगै उनले ब्याट फ्याँकेका थिए।

‘राजस्थान रोयल्सविरुद्धको खेलमा किंग्स ११ पञ्जाबका ब्याट्सम्यान क्रिस गेलले इण्डियन प्रिमियर लिग (आईपीएल) को आचारसंहिता उल्लंघन गरेकाले म्याच फिसको १० प्रतिशत जरिवाना लगाइएको छ।’ आईपीएलले आफ्नो विज्ञप्तिमा भनेको छ। गेलले पनि आफ्नो गल्ती स्वीकारी सकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell