काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग पछिल्ला विवादबारे सचिवालय बैठकमा छलफल गरेर निकास निकाल्नुपर्ने बताएका छन्।
शनिवार बालुवाटरमा भएको भेटमा दुई अध्यक्षबीच रअ प्रमुख सामन्त गोयल र प्रधानमन्त्रीबीचको भेट, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वासको प्रस्ताव लगायतका विषयमा छलफल भएको थियाे। प्रचण्डले यी विषयमा सचिवालय बैठकमा छलफल गर्नुपर्ने प्रस्ताव राखेको उनी निकट स्रोतले जानकारी दियो।
तर, सचिवालय बैठकको मिति भने तय भइसकेको छैन्। दुई अध्यक्षबीच तिक्कता बढेपछि ११ दिनयता भेटघाट हुन सकेको थिएन्।पछिल्लोपटक नेकपामा विवाद चर्किदै गएको छ। दुई अध्यक्षबीच संवादहीनताको अवस्था आएपछि संवादको वातवरण बनाउन नेताहरु सक्रिय भएका थिए।
