इण्डियन प्रिमियर लिग अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले मुम्बइ इण्डियन्सलाई १११ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीको ब्याटिङ नचल्दा सामान्य स्कोरमा समेटिएको हो। दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११० रन बनाएको हो।
दिल्लीका लागि श्रेयस ऐय्यरले सर्वाधिक २५ रन बनाउँदा ऋषभ पन्तले २१ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानहरुको प्रदर्शन संझनलायक रहेन।
दिल्लीलाई सस्तैमा समेट्न मुम्बइका लागि जसप्रित बुमराह र ट्रेन्ट बोल्टले समान ३/३ विकेट लिँदा राहुल चहर र नाथक काउल्टर नाइलले १/१ विकेट लिए।
मुम्बइ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।
