PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

संक्रमणको अवस्था हेरेर तयारीका काम गरिरहेका छौँः मन्त्री घिमिरे



पहिलोपोस्ट

संक्रमणको अवस्था हेरेर तयारीका काम गरिरहेका छौँः मन्त्री घिमिरे

विराटनगरः प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको दाबी गरेका छन्। निजी क्षेत्रको सक्रियतामा प्रदेश सरकार तथा विराटनगर महानगरपालिकाको साझेदारीमा कोशी कोभिड अस्पताल परिसरमा निर्माणाधीन आइसोलेसन केन्द्रको अनुगमनका क्रममा घिमिरेले संक्रमणको अवस्था अनुसार सरकारले काम गरिरहेको बताए।

‘नेपालमा कोरोना संक्रमण देखिएसँगै कोभिड अस्पताल निर्माण सुरु गरियो। संक्रमित बढेसँगै अस्पतालको क्षमता विकास र प्रदेशका विभिन्न स्थानमा आइसोलेसन केन्द्र थप गर्दै लगिएको छ,’ अनुगमनका क्रममा उनले भने।

विशिष्टीकृत सेवासहितको एक सय बेड क्षमताको अस्पताल निर्माणको काम पनि भइरहेको मन्त्री घिमिरेले बताए।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले निजी क्षेत्रले काम सुरु गर्दा छिटो हुने बताए। अक्सिजनसहितको बेड तत्काल आवश्यक भएकाले प्रक्रियागत ढिलासुस्ती नहोस् भनेर निजी क्षेत्रसँग साझेदारी गरिएको पराजुलीले बताए।

नागरिक केयर सेन्टरका संयोजक एवं उद्योगी पवन सारडाले तिहार अघि नै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउनेगरि काम भइरहेको बताए। थप क्षमता विस्तारका लागि समेत सेन्टर तयार रहेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell