PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बर्दियामा बाघको आक्रमणमा परी एक जनाको मृत्यु



रासस

बर्दियामा बाघको आक्रमणमा परी एक जनाको मृत्यु

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका-४ मा बाघको आक्रमणमा परी एकको मृत्यु भएको छ।

पालिकाको राजीपुर गाउँका चौकीदार समेत रहेका ६८ वर्षीय लहानु थारुको शनिवार साँझ आवादी जग्गामा चरिचरणका लागी छोडिएका गोरु फर्काउने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

उक्त गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण बाघ निकुञ्जबाट आएको हुनसक्ने प्रहरीको अनुमान छ। दुई महिनाभित्र बाघको आक्रमणमा परी बर्दियामा यो समेत छ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell