इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादलाई १२१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको हो।
बेङ्ग्लोरका लागि जोस फिलिपेले सर्वाधिक ३२ रन बनाउँदा एबि डि भिलियर्सले २४ रन बनाए। त्यस्तै वासिङ्टन सुन्दरले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
बेङ्ग्लोरलाई सस्तैमा समेटन हैदराबादका सन्दीप शर्मा र जेसन होल्डरले समान २/२ विकेट लिँदा टी नटराजन, शहाबज नदीम र राशिद खानले समान १/१ विकेट लिए।
हैदराबाद केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।
