PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित



पहिलोपोस्ट

म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग (इपीएल) अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडमाथि संघर्षपूर्ण जित निकालेको छ। ब्रामल लेन स्टेडियममा भएको खेलमा सिटीले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

सिटीको जितमा केल वाल्करले निर्णायक गोल गरे। उनले केभिन डी ब्रुइनको पासमा गरेको गोल सिटीको जितका लागि निर्णायक बन्यो।

जितसँगै म्यानचेस्टर सिटी अंकतालिकको आठौं स्थानमा उक्लिएको छ। ६ खेल खेलको सिटीले तीन जित, दुई बराबरी र एक हार ब्यहोर्दै ११ अंक जोडेको छ। त्यस्तै ७ खेल खेलेर एउटामा बराबरी र बाँकी खेलमा पराजय भोगेको सेफिल्ड युनाइटेड १ अंकसहित तालिकाको १९ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell