PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

कोभिड-१९ को परीक्षण र उपचार नगर्ने अस्पतालको अनुगमन गर्न झापामा गठन भयो समिति



रासस

कोभिड-१९ को परीक्षण र उपचार नगर्ने अस्पतालको अनुगमन गर्न झापामा गठन भयो समिति

झापा : झापाका निजी अस्पतालले कोभिड-१९ को परीक्षण र उपचार नगरी फर्काउने गरेको गुनासो बढेपछि अनुगमन समिति गठन गरिएको छ।

कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनीकरण समितिको बैठकले निजी अस्पतालको सेवा अनुगमन गरी एक साताभित्रै प्रतिवेदन बुझाउन समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए। समितिको संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही रहेका छन्।

पीसीआर किटको अभाव

झापामा पीसीआर परीक्षणका लागि रिएजेन्ट किट अभाव भएको छ। व्यवस्थापन समितिको बैठकले स्थानीय पालिकासँग रिएजेन्ट किट किन्न सहयोगका लागि आह्वान गरेको छ।

यसैबीच, मेचीगनरवासीले धुलाबारीको मेची आम्दा अस्पताललाई सुविधासम्पन्न ‘कोभिड हस्पिटल’ बनाउन माग गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मेचीनगरका युवा नेता प्रकाश खड्काले मेचीनगर नगरपालिका र यस क्षेत्रका सांसद्लाई ज्ञापन पत्र बुझाएर कोभिड अस्पताल निर्माणको माग गरिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell