PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

बेङ्ग्लोरविरुद्ध हैदराबादको सहज जित, प्लेअफको यात्रा जीवितै



पहिलोपोस्ट

बेङ्ग्लोरविरुद्ध हैदराबादको सहज जित, प्लेअफको यात्रा जीवितै
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई पराजित गरेको छ। शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले बेङ्ग्लोरलाई ५ विकेटले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको थियो।

बेङ्ग्लोरका लागि जोस फिलिपेले सर्वाधिक ३२ रन बनाउँदा एबि डिभिलियर्सले २४ रन बनाए। त्यस्तै, वासिङ्टन सुन्दरले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बेङ्ग्लोरलाई सस्तैमा समेटन हैदराबादका सन्दीप शर्मा र जेसन होल्डरले समान २/२ विकेट लिँदा टी नटराजन, शहाबज नदीम र राशिद खानले समान १/१ विकेट लिए।

१२१ रनको सामान्य लक्ष्य पछ्याएको हैदराबादले १४ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्यायो।

हैदराबादका लागि ऋद्धिमान साहले ३९ रन बनाउँदा मनिष पाण्डे र जेसन होल्डरले २६/२६ रन जोडे।

बेङ्ग्लोरका लागि युजभेन्द्र चहलले २ तथा वासिङ्टन सुन्दर, नवदीप सैनी र इसुरु उडानाले १/१ विकेट लिए।

जितसँगै हैदराबादले प्लेअफको यात्रालाई जीवित राखेको छ। १३ खेलबाट १२ रन बनाएको हैदराबाद अंक तालिकाको चौँथो स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell