PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

चेल्सीको सहज जित



पहिलोपोस्ट

चेल्सीको सहज जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बर्नलीमाथि सहज जित निकालेको छ। टर्फमोरमा भएको खेलमा चेल्सीले घरेलु टोलीमाथि ३-० को सहज जित निकालेको हो।

चेल्सीको जितमा हाकिम जिएच, कुर्ट जोउमा र टिमो र वेर्नरले गोल गोल गरे।

जिएचले गरेको २६ औं मिनेटको गोलमा चेल्सी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा म्यासन माउन्टको पासमा जोउमाले गोल गरे। उनले खेलको ६३ औं मिनेटमा गोल गर्दा वेर्नरले ७० औं मिनेटमा गोल थपे।

जितसँगै तालिकाको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले ७ खेलबाट १२ अंक जोडेको छ। उता जारी सिजन ६ खेल खेलेर एउटामा बराबरी र बाँकी खेलमा पराजय भोगेको बर्नली एक अंकसहित तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell