PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

संघर्षपूर्ण जित निकाल्दै लिभरपुल शीर्षस्थानमा



पहिलोपोस्ट

संघर्षपूर्ण जित निकाल्दै लिभरपुल शीर्षस्थानमा

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेस्टह्याममाथि संघर्षपूर्ण जित निकालेको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोलीले वेस्टह्याममाथि २-१ को संघर्षपूर्ण जित निकालेको हो।

खेलमा वेस्टह्यामले अग्रता बनाएको थियो। खेलको १० औं मिनेटमा पाब्लो फोर्नल्सले गोल गर्दै वेस्टहमलाई अग्रता दिलाए। तर लिभरपुलका लागि ४२ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले पेनाल्टीमा पाएको सदुपयोग गर्दै गोल गर्दा पहिलो हाफमा खेल १-१ को बराबरीमा टुंगियो।

दोस्रो हाफमा लिभरपुलले एक गोल थप्यो। खेलको ८५ औं मिनेटमा डिएगो जोटाले गरेको गोल लिभरपुलका लागि निर्णायक गोल बन्न पुग्यो। र, लिभरपुलले घरेलु मैदानमा महत्वपूर्ण तीन अंक जोड्दै शीर्षस्थानमा कायम रह्यो।

जारी सिजन ७ खेल खेलको लिभरपुल १६ अंकसहित तालिकाको शीर्षस्थानमा छ भने ८ अंक जोडेको वेस्टहम १३ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell