PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

संघर्षपूर्ण जित निकाल्दै बायर्न म्युनिख शीर्षस्थानमा



पहिलोपोस्ट

संघर्षपूर्ण जित निकाल्दै बायर्न म्युनिख शीर्षस्थानमा

जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले कोल्नमाथि जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ। रेहिनइनर्जिइस्टेडियनमा भएको खेलमा लिगको साविक विजेतासमेत रहेको बायर्नले घरेलु टोलीमाथि २-१ गोलअन्तरको जित निकालेको हो।

बायर्नको जितमा थोमस मुलर र सर्ज गनब्रीले गोल गरे।

खेलको १३ औं मिनेटमा मुलरले पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा गनब्रीले जोसुवा किममिचको पासमा गोल गर्दा बायर्न पहिलो हाफमा २ गोलले अघि रह्यो।

दोस्रो हाफमा कोल्नले गोल फर्काउँदै खेलमा फर्कन प्रयास गरे पनि सफल हुन सकेन। कोल्नका लागि खेलका डोमिनिक ड्रेक्सलेरले ८२ औं मिनेमा सान्त्वना गोल गरेका थिए।

जितसँगै बायर्न अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। समान ६ खेलबाट १५ अंक जोडेका बायर्न र बोरुसिया डर्टमण्ड क्रमश अंकतालिकाको पहिलो र दोस्रो स्थानमा छन्। त्यस्तै बायर्नसँग पराजय भोगेको कोल्न भने २ अंकसहित तालिकाको १६ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell