PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

स्वयम्भूको जुवा खालमा प्रहरीको छापाः पूर्वमन्त्री सहित १० जना समातिए



पहिलोपोस्ट

स्वयम्भूको जुवा खालमा प्रहरीको छापाः पूर्वमन्त्री सहित १० जना समातिए

काठमाडौः प्रहरीले पूर्व राज्यमन्त्री सहित १० जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

शनिवार महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट पूर्व राज्यमन्त्री खोभारी राय यादव सहित १० जनालाई पक्राउ गरेको हो। स्वयम्भूको विजेश्वरीस्थित साइँली तामाङको घरमा दिउँसो समयमा जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिएको छ।

'दिउँसो सूचनाको आधारमा नियन्त्रणमा लिएका हौँ। एक जना पूर्व राज्यमन्त्री समेत हुनुहुन्छ,'एक प्रहरी अधिकृतले भने।

उनीहरूको साथबाट प्रहरीले १ लाख ५३ हजार रुपैयाँ समेत बरामद गरेको छ। पक्राउ परेका पूर्व मन्त्री यादव पछिल्लो समय डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा मन्त्री भएका थिए। यसअघि पनि विभिन्न पार्टीको सरकार बन्दा उनी मन्त्री थिए।

उनी २०६४ सालको संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्वर ५ वाट निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell