PahiloPost

Jun 11, 2025 | २९ जेठ २०८२

जुवा खालबाट ८ लाख रुपैयाँ सहित पाँच जना पक्राउ



पहिलोपोस्ट

जुवा खालबाट ८ लाख रुपैयाँ सहित पाँच जना पक्राउ

काठमाडौँः प्रहरीले जुवा खेली रहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ।

शनिवार मोरङ केराबारी गाउँपालिका वडा नम्बर ६ बस्ने भूपेन्द्र भट्टराईको घरमा जुवा तास खेलीरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। एक नम्बर प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले केराबारी गाउँपालिका वडा नम्बर ६ का भूपेन्द्र भट्टराई, बोधराज मगर, अरुण केसी,हरि खत्री र शैलेस भुजेललाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट ८ लाख उन्नब्बे हजार दुई सय ५० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जानकी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell