PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

शोभा ज्ञवालीको पहिलो कथा संग्रह 'सम्पूर्ण आकाश' सार्वजनिक



पहिलोपोस्ट

शोभा ज्ञवालीको पहिलो कथा संग्रह 'सम्पूर्ण आकाश' सार्वजनिक

लेखक शोभा ज्ञवालीको कथा संग्रह सम्पूर्ण आकाश सार्वजनिक भएको छ। नेपाल रिपब्लिक मिडियाका निर्देशकसमेत रहेकी ज्ञवालीलेले लामो समयदेखि लैंगिक तथा सामाजिक विकृतिविरुद्ध कलम चलाउँदै आएकी छिन्।

सम्पूर्ण आकाशमा मुलत: लैगिक असमानताको विषय केन्द्रित कथाहरु समावेश छन्। मध्यम वर्गीय नेपाली महिलाको भोगाईलाई लेखकले कथामा उनेर संग्रह तयार पारेकी हुन्। उनका कथाहरु नागरिक दैनिक र परिवारमा प्रकाशित हुँदै आएका छन्।

मञ्जरी पब्लिकेसन्सले सार्वजनिक गरेको पुस्तकमा २५ वटा कथा समेटिएको छ। 

संग्रहमा पहिलो माया, चञ्चलता, विदुषीको प्रण, पश्चाताप, सुन्न नपाएको उत्तर, बुहारी भित्रिएको क्षण, त्याग, गर्न नसकेको विद्रोह, अस्तित्व, मित्रताको उपहार, सम्झना, आत्मसम्मान, आरती, अपुरो माया, सपना, सेलिब्रेटी माया, स्वार्थको अन्त्य, उपहार, मेरो एउटा साथी, समयको फेर, नलेखिने प्रेम, निःस्वार्थ माया, उस्तै व्यथा, रेड रोज, अन्तिम निर्णय शीर्षकका कथा समावेश छ। 

हरेक कथालाई जिवन्त बनाउन कथा संग्रहमा स्केचको पर्याप्त प्रयोग गरिएको छ। ज्ञवालीका कथामा स्केच देवेनले तयार पारेका हुन्। पुस्तकलाई रघुनाथ लामिछानेले सम्पादन गरेका हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell