PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

पूर्वमन्त्रीसँगै जुवा खालबाट दश जना को को समातिए ?



पहिलोपोस्ट

पूर्वमन्त्रीसँगै जुवा खालबाट दश जना को को समातिए ?

काठमाडौः प्रहरीले पूर्वराज्यमन्त्री सहित १० जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

शनिवार महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट पूर्व राज्यमन्त्री खोभारी राय यादव सहित १० जनालाई पक्राउ गरेको हो। स्वयम्भूको विजेश्वरीस्थित साइँली तामाङको घरमा दिउँसो २ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिएको छ।

उनी २०६४ सालको संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्वर ५ वाट निर्वाचित भएका थिए। पूर्वमन्त्रीसँगै  काभ्रे रोशी गाँउपालिका बिक्रम लामा, देवेन्द्र श्रेष्ठ, काभ्रे तेमाल गाँउपालिका धर्मलाल तामाङ, काभ्रे रोशी गाँउपालिका उत्तर कुमार लामा,धादिङ्ग गल्छी गाँउपालिका वडा नम्बर ६ का सन्तोष लामा, काभ्रे तेमाल गाँउपालिकाका जितपुर लामा, भोजपुर पर्वत भण्डारी, काभ्रे रोशी गाँउपालिका सबिन लामा  र काभ्रे तेमाल गाँउपालिका कान्छा तामाङ रहा छन्।

उनीहरुको साथबाट प्रहरीले १ लाख ५३ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell