PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

अस्कर विजेता सर सिनको निधन



पहिलोपोस्ट

अस्कर विजेता सर सिनको निधन
REUTERS

स्कटिस अभिनेता सर सिन कोनरीको मृत्यु भएको छ। उनको ९० वर्षको उमेरमा ज्यान गएको हो।

७ दशक अभिनयमा सक्रिय उनी जेम्स बोन्डको भूमिकाका कारण चर्चित छन्। उक्त भूमिका ठूलो पर्दामा निर्वाह गर्ने पहिलो व्यक्ती हुन्।

उनको छोराले बीबीसीलाई दिएको जानकारी अनुसार सर सिन केही दिनदेखि अस्वस्थ थिए।

सन् १९८८ मा फिल्म द अनटचेबलका लागि अस्कर विजेता रहेका उनले द हन्ट फर रेड अक्टोबर, हाइल्यान्‍डर, इन्डियन जोन्स एण्ड द लास्ट क्रुसेड, द रक लगायतमा पनि अभिनय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell