PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

तीनकुनेको पुलमुनि शव फेला, हत्या वा अन्य कारण खोज्दै प्रहरी



पहिलोपोस्ट

तीनकुनेको पुलमुनि शव फेला, हत्या वा अन्य कारण खोज्दै प्रहरी

काठमाडौं : काठमाडौंको तीनकुने पुलमुनि शव फेला परेको छ।

आन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। ५ फिट ८ इन्च हाइट भएको पुरुषको सनाखत हुन सकेको छैन।

केही दिनअघि नै मृत्यु भइसकेकाले घटना के हो भन्ने खुलेको छैन।

'शवको प्रकृति हेर्दा केही दिन मृत्यु भएको देखिन्छ। हत्या वा अरु के कारण हो अनुसन्धानमा खुल्छ,' एसएसपी ज्ञवालीले भने।

शवको जिउमा सुन्तले कलरको टिसर्ट र कालो हाफ पेन्ट छ। खुट्टामा चप्पल समेत छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell