PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

शाहरुख खानको जन्मदिन भर्चुअल्ली मनाउँदै फ्यानहरू



पहिलोपोस्ट

शाहरुख खानको जन्मदिन भर्चुअल्ली मनाउँदै फ्यानहरू

बलिउड अभिनेता शाहरुख खान दुबईमा छन्, इन्‍डियन प्रिमियर लिगका लागि। त्यहींबाट उनले ट्वीटरमा 'आस्क एसआरके' सञ्चालन गरे। जसमा उनका शुभचिन्तक एवं प्रशंसकले उनलाई प्रश्न सोध्छन्। शाहरुखले जवाफ दिन्छन्। उक्त सेसनमार्फत् उनले यस वर्ष आफ्नो जन्मदिनमा कसैलाई पनि मन्नत नआउन आग्रह गरेका छन्।

नोभेम्बर २ मा उनको जन्मदिन यो। यस वर्ष उनी ५५ वर्ष लाग्दैछन्। हरेक वर्ष शाहरुखका फ्यान जन्मदिनको शुभकामना दिन उनको घर अगाडि पुग्ने गर्छन्।

'यो वर्षको प्यार थोरै परबाट यार' – शाहरुखले भनेका छन्।

बलिउड हंगामाका अनुसार उनको आग्रह स्वीकार्दै शुभचिन्तकहरूले भर्चुअल समारोह आयोजना गर्ने भएका छन्। अनलाइन जमघटबीच केक काट्न लागेका हुन्। मन्नतबाटै कार्यक्रमको प्रत्यक्ष प्रसारण हुनेछ। सँगै एसआरके क्‍वीज, भर्चुअल सेल्फी बुथ, विभिन्न खेल तथा प्रस्तुतिहरू रहनेछन्।

शाहरुखका फ्यानहरूले ५ हजार ५ सय ५ थान कोभिड-१९ किट, मास्क र स्यानिटाइजर समेत बाढ्नेछन्। साथै ५ हजार ५ सय ५५ जना अनाथ, असाय एवं वृद्धवृद्धालाई खाना समेत खुवाउनेछन्।

शाहरुख भने नोभेम्बर लागेसँगै पठानको छायाँकनमा व्यस्त हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell