PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

२४ घण्टामा थपिए २८२४ नयाँ संक्रमित,५७ प्रतिशत उपत्यकाका मात्र, २३ जनाको मृत्यु



पहिलोपोस्ट

२४ घण्टामा थपिए २८२४ नयाँ संक्रमित,५७ प्रतिशत उपत्यकाका मात्र, २३ जनाको मृत्यु

काठमाडौं:  पछिल्लो २४ घण्टामा २ हजार ८२४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ४.६ जनाको नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको परीक्षण गर्दा २१.७ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।

योसँगै हाल नेपालमा ३७ हजार ७६५ जना सक्रिय संक्रमित छन्। हालसम्म जम्मा संक्रमित संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ। शुक्रवार २३ जनाको मृत्यु भएसँगै जम्मा मृतक संख्या ९ सय ६० रहेको छ।

आज ३ हजार ६२० जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८४२  छ।

५७ प्रतिशत उपत्यकाका

यसैबीच पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये ५७.४ प्रतिशत काठमाडौं उपत्यकाका मात्र छन्। जसमध्ये काठमाडौं जिल्लामा मात्र एक हजार ३६२, ललितपुर जिल्लामा १६४ र भक्तपुर जिल्लामा ९६ गरी एक हजार ६२२ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell