PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

पञ्जाबले चेन्नइलाई दियो १ सय ५४ रनको लक्ष्य, दीपक हूडाको अर्धशतक



पहिलोपोस्ट

पञ्जाबले चेन्नइलाई दियो १ सय ५४ रनको लक्ष्य, दीपक हूडाको अर्धशतक

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा किंग्स ११ पञ्जाबले चेन्नइ सुपर किंग्सलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अबुधाबीस्थित शेख जायेद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको हो।

पञ्जाबका लागि दीपक हूडाले अर्धशतकीय पारी खेले। धर्मराउँदै गरेको पञ्जाबको ब्याटिङ उकासेका उनले ३० बलमा ६२ रन बनाउँदै अभिजित रहे।

त्यस्तै मयंक अग्रवालले २६, कप्तान केएल राहुलले २९ रन बनाए। त्यसबाहेक मन्दीप सिंहले १४ र क्रिस गेलले १२ रन बनाए।

उता चेन्नइका लागि लुंगी नगिदीले सर्वाधिक ३ विकेट लिँदा रवीन्द्र जडेजा, सार्दुल ठाकुर र इमरान ताहिरले समान १/१ विकेट लिए।

पञ्जाब प्लेअफको यात्रामा कायम रहन अनिवार्य जित निकाल्नु पर्ने दवाबमा छ। चेन्नइ भने यसअघि नै प्लेअफको होडबाट बाहिरी सकेको छ।

चेन्नइ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell