PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विराटनगरका १२३ सहित प्रदेश १ मा ३५७ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु



फूलमाया पुरी

विराटनगरका १२३ सहित प्रदेश १ मा ३५७ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

विराटनगर : प्रदेश नम्बर १ मा आइतवार ३५७ जना कोरोना संक्रमित थपिएका छन्। जसमा मोरङमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका २४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा मात्र १२३ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५३ महिला र ७० पुरुष रहेका छन्। त्यस्तै, उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचामा ९, बेलबारीमा ८, बुढीगंगा र कटहरीमा ३/३, धनपालथान, ग्रामथान र रंगेलीमा २/२, कानेपोखरी, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

झापाको दमकमा ३७, कमल गाउँपालिकामा १०, विर्तामोड र गौरादहमा ४/४, कनकाई, शिवसताक्षी, मेचीनगरमा २/२, भद्रपुर, बुद्धशान्ति, बाह्रदशी र अर्जुनधारामा १/१ स्थानीय तह नखुलेका ४ जना संक्रमित भएका छन्।

सुनसरीको इटहरीमा २८, इनरुवामा १०, धरानमा ६, रामधुनीमा ३, कोशी गाउँपालिकामा २, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहवीमा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उदयपुरको त्रियुगामा ५, चौदण्डीगढीमा ४, कटारीमा ५ र बेलकामा १, धनकुटाको धनकुटा नगरपालिकामा ४ र महालक्ष्मीमा १, इलामको चुलाचुलीमा ३ र रोङमा १, ओखलढुङ्गाको सुनकोशी, संखुवासभाको मादी, तेह्रथुमको आठराई र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजिटिभ आएको छ। प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या १९ हजार ५३२ पुगेको छ।

यसैगरी, आइतवार मोरङका ३ र सुनसरीका एक पुरुष गरी प्रदेशमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेश १ मा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८७ पुगेको छ।

प्रदेश १ मा आइतवार १ हजार ३९१ जनाको पीसीआर परीक्षण गरिएको थियो। जसमध्ये १३६ महिला र २२१ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ६१ हजार १४२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आइतवार २४७ जना कोरोना संक्रमण मुक्त भएका छन्। जसमा होमआइसोलेसनबाट १९७ जना डिस्चार्ज भएका छन्। त्यस्तै, विराटनगरको होटल एशियाटिक आइसोलेसनबाट २५, जिल्ला अस्पताल धनकुटाबाट १०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९, झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ९८ पुगेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell