PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

पराजयसँगै बाहिरियो पञ्जाब,चेन्नइको फराकिलो जित



पहिलोपोस्ट

पराजयसँगै बाहिरियो पञ्जाब,चेन्नइको फराकिलो जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा किंग्स ११ पञ्जाब चेन्नइ सुपर किंग्ससँग पराजित भएको छ।

अबुधाबीस्थित शेख जायेद स्टेडियममा भएको खेलमा पञ्जाब ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।

पञ्जाबका लागि दीपक हूडाले अर्धशतकीय पारी खेले। धर्मराउँदै गरेको पञ्जाबको ब्याटिङ उकासेका उनले ३० बलमा ६२ रन बनाउँदै अभिजित रहे।

त्यस्तै मयंक अग्रवालले २६, कप्तान केएल राहुलले २९ रन बनाए। त्यसबाहेक मन्दीप सिंहले १४ र क्रिस गेलले १२ रन बनाए।

उता चेन्नइका लागि लुंगी नगिदीले सर्वाधिक ३ विकेट लिँदा रवीन्द्र जडेजा, सार्दुल ठाकुर र इमरान ताहिरले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नइले १८.५ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

चेन्नइका लागि ऋतुरात गाइकवाडले सर्वाधिक अभिजित ६२ रन जोड्दा फाफ डुप्लिसिसले ४८ रन जोडे। त्यस्तै अम्बती रायडू ३० रनमा अभिजित रहे।

पराजयसँगै प्लेअफको होडमा रहेको पञ्जाब बाहिरिएको छ। चेन्नइ यसअघिनै बाहिरिसकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell