PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

कोलकताले राजस्थानलाई दियो १ सय ९२ रनको लक्ष्य, मोर्गनको अर्धशतक



पहिलोपोस्ट

कोलकताले राजस्थानलाई दियो १ सय ९२ रनको लक्ष्य, मोर्गनको अर्धशतक

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा कोलकता नाइटराइडर्सले राजस्थान रोयल्सलाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको हो।

कोलकताका लागि कप्तान इयोन मोर्गनले आक्रामक ब्याटिङ गर्दै धर्मराएको कोलकताको ब्याटिङ उकासेका थिए। उनले ३५ बलमा ६८ रन जोड्दै अभिजित रहे।

त्यस्तै राहुल त्रिपाठीले ३९ रन बनाउँदा शुभमन गिलले ३६ र आन्द्रे रसेलले २५ रन बनाए।

उता राजस्थानका लागि राहुल तेवातियाले सर्वाधिक ३ विकेट लिँदा कार्तिक त्यागीले २ विकेट तथा जोफ्रा आर्चर, श्रेयस गोपाल र समान १/१ विकेट लिए।

दुबै टिम आजको खेल जितेको खण्डमा मात्र प्लेअफको होडमा कायम रहने भएकाले जित्नुपर्ने दवाबमा छन्।

राजस्थान केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell