PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

वाग्मती प्रदेश प्रमुख प्रसाईँ कोरोनामुक्त, मुख्यमन्त्री पौडेल डिस्चार्जपछि घर फिर्ता



रासस

वाग्मती प्रदेश प्रमुख प्रसाईँ कोरोनामुक्त, मुख्यमन्त्री पौडेल डिस्चार्जपछि घर फिर्ता

हेटौँडा : वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईँ कोरोनामुक्त भएका छन्। कोरोना संक्रमण पुष्टि भएर यही कात्तिक १२ गतेदेखि झापास्थित निजी निवासमा आइसोलेसनमा रहेका प्रसाईँको आइतवार भएको पुनः परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ।

यसैबीच, कोरोनालाई पराजित गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आइतवार घर फर्किएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिवार गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो।

अस्पतालले डिस्चार्ज गरेपछि मुख्यमन्त्री पौडेल काठमाडौंको भैँसेपाटीस्थित मुख्यमन्त्री निवासमा फर्किएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। दाहालका अनुसार उनको स्वास्थ्यावस्था सामान्य छ।

‘केहीदिन सेल्फ आइसोलेसनमा बसेर मुख्यमन्त्रीज्यू प्रदेश राजधानी फर्कनुहुन्छ,’ दाहालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell