दमक : यहाँ आइतवार साँझ फेरि एक कोरोना संक्रमितको मृत्यु भएको छ। आइतवार साँझ ६ बजे दमक नगरपालिका वडा नम्बर ७ की ५५ वर्षीया महिलाको मृत्यु भएसँंगै दमकमा एकैदिन मृत्यु हुनेको संख्या तीन पुगेको छ।
नगरपालिका, स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार चार दिनअघि संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी उनको उपचारका लागि दमकको एडभान्स हस्पिटल ल्याउँदा ल्याउँदै साँझ बाटैमा मृत्यु भएको हो। संक्रमणबाट दमकमा एकैदिन यतिका संख्यामा मृत्यु भएको पहिलो हो।
यसअघि आज बिहान मात्र दुई संक्रमित पुरुषको मृत्यु भएको थियो। यससँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ र जिल्लामा ४७ पुगेको छ।