PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको संघर्षपूर्ण जित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडमाथि संघर्षपूर्ण जित निकालेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोलीमाथि आर्सनलले १-० को संघर्षपूर्ण जित निकाल्यो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा आर्सनलका लागि पियरे एमरिक औबुमेयाङले निर्णायक गोल गरे। उनले खेलको ६७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। युनाइटेडका पाउल पोग्बाले आर्सनलका हेक्टर बेलेरिनलाई फउल गरेपछि आर्सनलले पेनाल्टीको अवसर पाएको थियो।

जितसँगै ७ खेलबाट १२ अंक जोडेको आर्सनल अंकतालिकाको नवौं स्थानमा उक्लिएको छ। अर्कोतर्फ ६ खेलबाट ७ अंक जोडेको युनाइटेड तालिकाको १५ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell