PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

ब्राइटोनलाई हराउँदै टोटेनहम दोस्रो स्थानमा



पहिलोपोस्ट

ब्राइटोनलाई हराउँदै टोटेनहम दोस्रो स्थानमा

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति भएको खेलमा टोटेनहम हट्सपरले ब्राइटोन एण्ड हब एलबिओनलाई हराएको छ। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा घरेलु टोलीले ब्राइटोनमाथि २-१ को जित निकालेको हो।

खेलको १३ औं मिनेटमै टोटेनहमले खेलमा अग्रता बनाएको थियो। ब्राइटोनका एडम लल्लनले टोटेनहमका ह्यारी केनलाई फउल गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै केनले टिमलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा टोटेनहम एक गोलले अघि रहे पनि दोस्रो हाफमा ब्राइटोनले खेल बराबरीमा ल्यायो। ब्राइटोनका लागि तारिक्व लामप्टेले ५६ औं मिनेटमा गोल फर्काए। तर, टोटेनहमका लागि ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए। जुन जितका लागि निर्णायक पनि बन्यो।

जितसँगै टोटेनहम अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ। टोटेनहमको ७ खेलबाट १४ अंक छ। शीर्षस्थानमा रहेको लिभरपुलको १६ अंक छ।

उता ब्राइटोन ७ खेलबाट ५ अंक जोड्दै तालिकाको १६ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell